आज बिहानै नेपालको लमजुङ केन्द्रबिन्दु रहेर ५.८ म्याग्निच्युडको भुकम्प।

काठमाडौं := नेपालको गण्डकी प्रदेशअन्तर्गत लमजुङको भुलभुले बाँझाखेत आसपास केन्द्र बिन्दु रहेर आज बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको छ।

भूकम्पको धक्का गोरखा, तनहुँ, धादिङ, काठमाडौं, कास्कीलगायत जिल्लाका बासिन्दाले महसुश गरेका थिए। जिल्ला प्रशासन कार्यालय लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलका अनुसार भूकम्पले घरको गारो भत्किएर एक जना वृद्ध घाइते भएको जानकारी आएको छ।

त्यस्तै भुकम्पले पुर्याएको थप क्षेतीबारे अन्य जानकारी र विवरण आउन बाँकी रहेको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

आज बिहान आएको ५.८ म्याग्निच्युडको भूकम्पले भत्काएको लमजुङस्थित मर्स्याङ्दी -३ खुदी तरापुमा रहेको बासुदेव खत्रीको घर। तस्बिर स्रोत: नवीन कुइँकेलको फेसबुकबाट।