साउदीमा रहेको नेपाली दूतावासले भौतिक रुपमा उपस्थित हुनेलाई सेवा प्रदान नगर्ने।

साउदी अरेबिया := साउदी रियाद स्थित नेपाली राजदूतावास बन्द भएको छ। दूतावासका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि भौतिक रूपमा सेवा बन्द भएको दूतावासले एक सुचना सार्वजनिक गर्दै बताएको छ।

पहिले पनि कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको र पुनः थप कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि भौतिक रूपमा उपस्थित भएर लिनुपर्ने सम्पूर्ण सेवाहरू बन्द गरिएको दूतावासले सो सुचना मार्फत जनाएको छ ।

अत्यावश्यक काम परेमा भने फोनमार्फत दूतावासमा सम्पर्क गर्न सकिन्छ । तर अर्को सूचना जारी नभएसम्म दूतावासले भौतिक रूपमा भने सेवा नदिने भएको छ ।

दूतावासमा ०११४्र६१११०८ नम्बरमा बिहान ९ बजेदेखि ४ बजेसम्म सम्पर्क गर्न सकिन्छ । योसँगै दूतावासको हटलाइन नम्बर ०५५९३८९६०० वा इमेल ठेगाना epalembassyriyadh@gmail.com मार्फत पनि आफ्नो समस्या राख्न सकिने दूतावासले जनाएको छ ।