[ युवराज पौडेल ]
स्याङ्जा := आँधीखोलमा माछा लोपभइरहेको भन्दै माछा संरक्षण गर्ने उद्देश्यले ५हजार माछाका भुरा छाडिएको छ । आँधीखोला धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले पनि स्याङ्जा जिल्लाकै महत्वपूर्ण चिनारीका रुपमा रहेको आँधीखोलामा भेटेरिनरी अस्पताल तथापशु सेवा विज्ञ केन्द्रले गण्डकी प्रदेश सरकार र स्थानीय सरकार पुतलीबजार नगरपालिकाको सयुक्त कार्यक्रमअन्तर्गत माछाको भुरा छाडेको हो ।
स्थानीय जातिको शहर माछा लोपोन्मुख अवस्थामा पुगेको भन्दै शहर माछासहित अन्य जातको माछा आँधीखोलामा छाडिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले स्याङ्जाले जनाएको छ । आँधीखोलामा पाइने भतरलक, तेल चाप्रे, असला, शहरलगायतका रैथाने जातका माछा लोपोन्मुख अवस्थामा पुगेको भन्दै माछाको भुरा छाडिएको हो । लोपोन्मुख माछाको संरक्षण गर्दै माझी समुदायलाई आयआर्जनसँग जोडाउन माछा छाडिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा.ब्रजकिशोर ठाकुरले बताउनु भयो ।
पहिले आँधीखोलामा सहर, असला जस्ता स्वादिला माछाहरू थिए । यहाँका माछाहरू देशविदेशमा समेत चिनिएका थिए । तर हाल आँधीखोलमा माछा लोपहुँदै गएका छन् । विगतमा विषादीको प्रयोग गर्ने र करेन्ट लगाउने जस्ता गतिविधि लुकिछिपी गर्ने भएकाले पनि माछाका भुरा नै मासिएको स्थानीयहरूको भनाइ छ । खोलामा माछा लोप हुँदै गएकामा सरोकारवालाहरूमा चिन्ता छाएको छ । यहाँ माछा मासिनुका विभिन्न कारण छन् । आधुनिकताको प्रभाव आँधीखोलामा पनि परेको छ । आँधीखोलामा पाइने ढुङ्गा, गिटी, बालुवाको तीव्र उत्खननले खोलाको स्वरूप नै बिग्रेको छ । आजभोलि खोलामा ढुङ्गा नै छैनन् । ढुङ्गा नभएपछि माछाको बासस्थानमा पनि समस्या परिरहेको छ । दिनहुँजसो डोजर, ट्याक्टर, ट्रिपर लगायतका साधनहरूबाट ढुङ्गा, गिटी, बालुवा उत्खनन हुँदा पनि सम्बन्धित निकायको ध्यानजान सकेको छैन ।
माछा लोपहुन लागेको भन्दै यस अगाडि आँधीखोला गाउँपालिकाले पनि ५५ हजारभन्दा बढी माछाका भुरा खोलामा छाडेको थियो । आँधीखोला गाउँपालिकाले हालयसको संरक्षण गर्न र खोलामा विषादीहाल्ने तथाअन्य गैह्र कानुनीतरिकाले माछा मार्ने प्रवृत्तिलाई दुरुत्साहन गर्न कडाइ गरिरहेको छ । आँधीखोला गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले भन्नुभयो, ‘हाम्रो सभ्यताको मूल धरोहर आँधीखोलाका सुन्दर माछा लोप हुँदा त्यसले हाम्रो पहिचानमा समेत असर गर्छ, वातावरणका लागिपनि यो चिन्ताको विषयहो । त्यसैले हामीले यसलाई बचाउनका लागि हाम्रो क्षमताले भ्याएसम्म लागेका छौँ।’
खोलामा माछा नहुदा माछा मारेर जीवन धान्ने माझीहरूको आयआर्जनमासमेत समस्या भएको छ ।पुतलीबजार नगरपालिकाकी प्रमुख सिमाकुमारी क्षेत्रीले आँधीखोलाको सही प्रयोगबाट धेरै फाइदादिन सकिने बताउदै आँधीखो लाई पर्यटीकय स्थलको रूपमा प्रयोग गर्दै आर्यआर्जनको रूपमा विकास गर्न माछाका भुरा छाडिएको जानकारी दिनुभयो । उहाँले सबै मिलेर आँधीखोलाको सभ्यता संरक्षणमा जुट्नपर्ने धारणा व्यक्त गर्नुभयो ।




















