नेपाली राजनीतिमा ओली पुन: चतुर सावित भए : डा. बाबुराम भट्टराई।

काठमाडौं := जनता समाजवादी पार्टीका केन्द्रीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले बिहीबार साँझ एक ट्वीट मार्फत् नेपाली राजनीतिमा केपी शर्मा ओली चतुर सावित भएको बताएका छन् ।
 

डा.भट्टराईले ट्विट गर्दै लेख्छन्, ‘जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ। सिद्धान्तहीनता,खुराफात,किनवेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुनस् चतुर सावित भएका छन्। अदालत, संसद, मिडिया, आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ। सबैले आत्मसमीक्षा गरौं !’

 

प्रतिक्रिया दिनुहोस्