काठमाडौ := नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुनः नेपालको प्रधानमन्त्री नियुक्त हुनु भएको छ। पदमुक्त भएको तीन दिनपछि ओलीलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको हो।
राष्ट्रपति भण्डारीले ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री नियुक्त गर्नु भएको हो । वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि ओली पदमुक्त हुनु भएको थियो।
तर, वैकल्पिक सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको समयसीमाभित्र कांग्रेस–माओवादीलगायत दलले वैकल्पिक सरकार दिन नसकेपछि ठूलो दलको हैसियतमा ओली पुनः ठुलो दलको हैसियतमा प्रधानमन्त्री बन्नु भएको हो ।
ओलीले एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ। साथै ओलीले प्रधानमन्त्री पदको लागी तेस्रोपटक आज पुनः सपथ ग्रहण गर्ने भएको छ।




















