मलेसियामा कोरोना ह्वात्तै बढयो, आजमात्रै ३९ जनाको मृत्यु, नयाँ संक्रमित ४,७६५ फेला।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा कोरोना भाइरस (कोभिड-१९) ले संक्रमित हुनेको संख्या ४ लाख ५३ हजार २२२ जना पुगेको छन, भने संक्रमणको कारण अहिलेसम्म मृत्यु हुनेको संख्या १,७६१ जना पुगेको छ।

यहीँ मिति सन् २०२१ , मेय , १२ तारिख , बुधबारको दिन कोरोनाको कारण थप ३९ जना नागरिकको मृत्यु भएकोले बढेर अहिलेसम्म जम्मा मृत्यु हुनेको संख्या १,७६१ जना पुगेको हो।

[ photo source : malaysian health ministry department KKM ]
आज मात्रै पुनः ४,७६५ जना नयाँ संक्रमित फ़ेला परेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। जम्मा संक्रमित मध्य आज ३,१२४ जना निको भएसंगै जम्मा ४ लाख ११ हजार ३६० जनाले उपचार सकिएर स्वास्थ्य लाभ लिई निको भैइसकेको मन्त्रालयको तथ्यांकले देखाउछ।

 

हालसम्म ४० हजार १०१ जनामा कोरोना संक्रमण सक्रिय रहेको छ , भने ४६९ जना संक्रमित ईमर्जेन्सी कक्ष (आईसियु) मा भर्ना भएर उपचाररत रहेको मन्त्रालयको तथ्यांकले देखाउछ।