हिंसा बढेपछि इजरालयको ‘सिटीअफ लड’मा संकटकाल घोषणा।

A car set on fire by Israeli Arab residents during riots and clashes between Arab and Jewish residents, in the central Israeli town of Lod, on December 12, 2021. Photo by Yossi Aloni/FLASH90 *** Local Caption *** מהומות לוד

इजरायल := इजरायलको सिटीअफ लडमा संकटकाल लागू गरिएको छ। इजरायली र प्यालेस्टाइनी सुरक्षाकर्मीबिच मुठभेड भइरहँदा लडमा इजरायली अरबीहरुले प्रदर्शन चर्काएपछि संकटकाल लगाइएको हो।

लडका अधिकारीहरुका अनुसार प्रहरीसँगको मुठभेडमा १२ जना घाइते भएका छन्। यस्तै, सवारीसाधन र धरै घरहरुमा क्षति पुगेको छ। इजरायलले जेरुसलमा रहेको मस्जिदमा प्यालेस्टाइनीहरुलाई दमन गरेपछि दुईदेशबिच फेरि तनाव बढेको हो।

प्यालेस्टाइनले इजरायलमा रकेट आक्रमण गरेपछि इजरायलले पनि जवाफमा हवाई आक्रमण गरिरहेको छ। इजरालयले गाजा क्षेत्रमा गरेको हवाई आक्रमणबाट ठूला घरहरु भत्किएका छन्। इजरायली सेनाले आफूहरुले गाजा क्षेत्रमा लडाकूहरुलाई ‘टार्गेट’ बनाएर आक्रमण गरेको जनाएको छ।