एजेन्सी := अस्ट्रेलियन सरकारले विद्यार्थीको काम गर्ने समय सीमा हटाउने भएको छ। को’रोना कहरले अक्रान्त बनेको अस्ट्रेलियन शैक्षिक उद्योग र सीमा प्र’तिबन्धका कारण आगमन ठ’प्प भए पछि सरकारले यहाँका स्वास्थ्य र पर्यटन तथा अतिथि सत्कारको क्षेत्रमा काम गर्ने सबैखाले अन्तराष्ट्रिय विद्यार्थीको काम गर्न पाउने समयको हदबन्दी हटाउने भएको हो।
यसअघि अष्ट्रेलियामा पढ्न आएका विद्यार्थीले करको दायरा भित्र रहेर सातामा २० घण्टा काम गर्ने सीमा तोकिएको थियो। अबका दिनमा अर्को निर्णय नआएसम्म विद्यार्थीले यी क्षेत्रमा जति घण्टा काम गरे पनि हुने भएको छ । यस अघि स्वास्थ्य क्षेत्रमा यस्तो सीमा हटाइएको थियो। आउँदो बजेटमा यस्तो निर्णय आउने अस्ट्रेलियाका एक मन्त्रीले जानकारी दिएका हुन्।
अष्ट्रेलियामा यतिबेला करीब तिन लाख अन्तर्राष्ट्रिय विद्यार्थी बिभिन्न संकायमा अध्यनरत छन्। को’रोनाको कारण विद्यार्थीको आगमन ठप्प भएपछि होटल, रेष्टुरेन्ट र कृषिलगायतका क्षेत्रमा यतिबेला कामदारको अभाव भएको छ । यस्तै विभिन्न पर्यटकीय स्थलमा पनि काम गर्ने कामदारको अभाव भएपछि निकै कठीनाई व्यहोर्नुपर्ने अवस्था आइपरेको छ।
यस बाहेक पनि अस्ट्रेलियामा वर्षेनी ३५ हजार कामदार पर्यटक समेत आउने गर्थे जुन अहिले बन्दाबन्दी पछि ठप्प छ। अष्ट्रेलियाका अध्यागमन मन्त्री एलेक्स हकले नयाँ व्यवस्थाले कामदारको अभावलाई राहत प्रदान गर्ने बताएका छन्। हकले अष्ट्रेलियाको आर्थिक तथा व्यवसायिक सुधारका लागि यो कदम महत्वपूर्ण रहेको बताए। यसले अन्तर्राष्ट्रिय विद्यार्थीलाई निकै ठूलो राहत दिनेछ।
यससँगै अब अष्ट्रेलियामा हस्पिटालिटी, टुरिजम्, कृषि, फुड प्रोसेसिङ, स्वास्थ्यसेवा, डिसाविलिटी , चाईल्डकेयर लगायतमा क्षेत्रमा विद्यार्थीलाई साताको २० घण्टा मात्र काम गर्न पाउने सीमा हट्ने भएको छ । यससँगै सरकारले विद्यार्थीको भिसा र कोभिड प्रभावित नयाँ योजना पनि बजेटमा ल्याउने मन्त्री हकले बताए। जसमध्ये कोभिड प्रभावितले एक वर्षको विशेष सुविधा बसोबासको भिसा समेत प्राउनेछन्। तर यसका लागि केही प्रावधानको नीति नियम भित्र परेको हुनु पर्नेछ।




















