ओली र देउवालाई महन्थको स्पष्ट सन्देश: हामी तटस्थ रहन्छौँ, हाम्रो भर नपर्नू।

काठमाडौं := जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्नुभएको छ । कांग्रेस सभापति देउवासँगको भेटपछि ठाकुर र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्नु भएको थियो ।

समाचार श्रोतका अनुसार भेटमा जसपा नेताहरुले प्रधानमन्त्री ओलीलाई आफ्ना माग पुरा नभएका कारण विश्वासको मत दिन नसक्ने बरु तथस्ट बस्ने बताउनु भएको थियो , भने भने जवाफमा प्रधानमन्त्रीले माग पुरा हुँदै गरेको र यदि विश्वासको मत नदिएपनि विपक्षी गठबन्धनमा सामेल नहुन आग्रह गर्नु भएको थियो ।

आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँग लामो छलफल गरेपछि ठाकुर र महतो प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्नु भएको हो । ओली नेतृत्वको सरकार ढालेर कांग्रेस नेतृत्वमा नयाँ सरकार बनाउने गृहकार्यमा माओवादी, जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष छ ।

त्यसकै लागि देउवाले ठाकुर र महतोलाई बोलाएर ओलीलाई विश्वासको मत नदिन र आफ्नो नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्न आग्रह गर्नुभएको थियो ।