मलेसियन प्रहरीले बिना कारण विदेशी नागरिकलाई रोकटोक गरि चेकजाँच गर्न नपाइने: महानिरीक्षक एक्रिल सानी।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको प्रहरी महानिरीक्षक दातोक श्रि एक्रिल सानी अब्दुल्लाह सानीले मलेसियाको प्रहरी अधिकारी र कर्मचारीहरुलाई विदेशी नागरिकहरुलाई नियन्त्रणमा लिएर अनियमित , अव्यावहारिक जाँच गर्न रोक्नको लागि निर्देशन जारी गर्ने बताएका छन्।

बिहीवार बुकित अमनमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै महानिरीक्षक सानीले भने कि यो, केहि पुलिस,प्रहरी अधिकारी र सुरक्षाकर्मीहरुलाई आफ्नो इच्छा अनुसार पदको दुरुपयोग गर्नबाट रोक्नको लागी र विदेशी श्रमिक लगायत नागरिकहरुमाथी प्रहरीद्वारा हुने अमानवीय व्यावहारलाई रोक्नको लागी छिट्टैनै नयाँ अध्यादेश जारी गर्न लागिएको उनले बताए।

उनले थप बोल्दै भने कि , “म यस्तो अव्यावहारिक र अमानवीय कार्य तुरुन्त रोक्न निर्देशन जारी गर्नेछु, जुन उनीहरूको (विदेशी नागरिक) लाई कुनै उचित वा वैध कारण बिना अनियमित रूपमा जहाँ पायो त्यहीँ निरीक्षण,चेकजाँच गर्ने गर्दछ र विभिन्न वाहानामा नियन्त्रणमा लिएर बिना कारण दु:ख दिने गर्द्छ।”यस्तो कार्य अब रोक्ने छौँ , उनले भने।

साथै यसबाहेक अध्यागमन बिभाग इमिग्रेसनले स्ट्याम्ड पासपोर्ट वा कागजात वास्तविक छ कि छैन भनेर पुष्टि गर्ने आधारमा प्रहरीले उनीहरुलाई दुई हप्ताको लागि रिमांडमा पनि राख्न नसक्ने, उनले स्थानीय पत्रीका बर्नामासंग बोल्दै स्पष्ट पार्नुभयो।

महानिरीक्षक सानीले भने कि , यस्ता व्यवहार र संस्कृतिले मलेसियन प्रहरीको बदनामी भैइरहेको छ। अब नयाँ नियम ल्याइएपछि प्रहरी अधिकारीहरुले शक्ति दुरुपयोग गर्न सक्ने एउटा ठाउँ पनि बाँकी नराखिने बताए।
यो खबर स्थानीय अङ्ग्रेजी भाषाको पत्रीका बरनामा बाट नेपाली भाषामा अनुवाद गरिएको हो।

advertise