ताप्लेजुङ पाथिभरा मञ्च मलेसियाद्वारा मृगौला पीडित कार्कीलाई रु.४९ हजार बढी आर्थिक सहयोग।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर (मलेसिया):= दुबै मिर्गौला फेल भैइ पिडीत बनेका एक बिरामी मानिसलाई ताप्लेजुङ पाथिभरा मञ्च मलेसियाद्वारा संकलित आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ।

जिल्ला ताप्लेजुङ लिबाङ ६ घर भएका हर्क प्रसाद कार्कीलाई मिर्गौला प्रत्यारोपणका लागि बिगत १५ महिनादेखि भद्रपुर मेची अस्पतालमा भर्ना भैई मृगौलाको डायलिसिस,प्रत्यारोपण गराउने तयारी गर्दै हुनुहुन्छ।

तर बिरामी कार्कीको आर्थिक अवस्था एकदमै नाजुक रहेको कारण थप स्वास्थ्य उपचारमा समस्या भैइरहेको जानकारी प्राप्त भएको छ। आर्थिक संकलनकै क्रममा बिरामी कार्कीको परिवारले ताप्लेजुङ पाथिभरा मञ्च मलेसियालाई आर्थिक सहयोगको अनुनय गरेको थियो।

दुबै मृगौला पीडित कार्कीलाई आर्थिक रकम सहयोग गर्ने सहयोगीदाता हरुको नमावली

सोही अनुरुप ताप्लेजुङ पाथिभरा मञ्च मलेसिया काे पहलमा यहाँ मलेसियामा रहेका विभिन्न सहयोगी मनका धनी दाताहरूबाट संकलन गरिएको जम्मा रकम नेपाली रू.४९ हजार ८२ रुपैयाँ कार्कीको उपचारमा सहयोग मिल्ने गरि हस्तान्तरण गरिएको मञ्चका उपाध्यक्ष मनकुमार धमलाले मलाया खबरलाई जानकारी गराउनुभएको छ।

ताप्लेजङ पाथिभरा मञ्च मलेसियामा आबद्ध सम्पुर्ण पदाधिकारी लगायत यस संस्थालाई बिश्वास गरी सहयाेगी मनको ढोका खोल्नु हुने , आर्थिक रकम सहयोग गर्नुहुने सम्पूर्ण सहयाेगी मन हरू प्रती मञ्चले धन्यवाद ज्ञापन गर्नुको साथै आभार प्रकट गर्नुभएको छ।

मलेसियाबाट संकलन गरिएको सहयोग रकम नेपालमा बैंकिङ गरिएको भौचर