[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= विश्वब्यापी माहामारीको रुप लिएर फैलिएको कोरोना भाइरसले मलेसियामा पछिल्लो समय दिनप्रतिदिन हजारौंहजार नयाँ-नयाँ संक्रमित (बिरामी) फेला परिरहेको छ।
सन् २०२१ , मे ४ तारिख मंगलबार सम्मको कोरोना सम्बन्धि तथ्यांक हेर्दा जम्मा १,५७४ जना मानीसले कोरोना संक्रमणको कारण ज्यान गुमाईसकेको छ, भने आजसम्म करिब ४ लाख २० हजार भन्दा बढि मानिस कोरोनाबाट संक्रमित भएको तथ्यांकमा उल्लेख छ।
मलेसियामा अहिले मुश्लिम धर्मावलम्बीहरुले धुमधामका साथ मनाउने महानपर्व हरिराया ( रमदान ) नजिकिदै गरेको छ। सोही हरिरायालाई लक्षित गर्दै मलेसिया सरकारले सेलाङ्गर राज्यमा पर्ने ६ वटा जिल्लाहरुमा मोभमेन्ट कन्ट्रोल अर्डर (एमसिओ) जारि,लागू गर्ने भएको छ।

मलेसिया सरकारको वरिष्ठ रक्षामन्त्री दातो श्रि इस्माईल साब्री बिन याकोबले आज मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै भने , पछिल्लो समयमा सेलाङ्गर राज्यमा कोरोना संक्रमितको सङ्ख्या लगातार बढ्दै गैईरहेको पाइएको छ, तसर्थ फैलिदै गैइरहेको कोरोना भाइरसको संक्रमण लाई नियन्त्रण गर्न सेलाङ्गर राज्य भित्र पर्ने ६ वटा जिल्ला हरु क्रमशः पेटालिङ्ग , गोम्बाक , केलाङ् , कोला लाङगात , सेपाङ् , हुलु लाङगातमा यहीँ महिना मे ६ तारिखदेखि १७ तारिखसम्मको लागी एमसिओ जारी गरिने रक्षामन्त्री साब्रीले बताए।
साथै अत्यावश्यक काम बाहेक र पुर्ण आधिकारिक कानुनी कागजात बिना एक राज्यबाट अर्को राज्यमा र एक जिल्ला बाट अर्को जिल्लामा यात्रा गर्न पनि प्रतिबन्ध लगाइएको रक्षामन्त्री साब्रीले बताए।





















