कलाकारहरूबाट निःशुल्क एम्बुलेन्स सेवा सुरु।

काठमाडौं:= कोरोना संक्रमितको संख्या दिनहुँ उच्च भइरहँदा एम्बुलेन्स पाउन गाह्रो अवस्था भइरहेको छ । कोरोना संक्रमितका लागि अस्पतालसम्म पुग्न अक्सिनजनसहितको एम्बुलेन्स अभाव हुन थालेको खबर बाहिर आएपछि कलाकार र विभिन्न क्षेत्रका व्यक्तिले सहयोगी हात अगाडि बढाएका छन् ।

अभिनेता निखिल उप्रेती, कलाकार केदारप्रसाद घिमिरे (माग्ने बुढा), पाइलट तथा कलाकार विजय लामालगायतका व्यक्तिले निःशुल्क अक्सिजनसहितको एम्बुलेन्स सेवा सुरु गर्नुभएको छ।
निजी सवारी नहुने र एम्बुलेन्सको खर्च तिर्न नसक्नेलेमात्र सम्पर्क गर्न आग्रह गरिएको छ ।

अहिलेको समयमा सहयोगका चिजहरू खोजी–खोजी निकाल्नुपर्ने निखिल उप्रेतीले बताउनु भएको छ । निःशुल्क एम्बुलेन्स सेवा सुरु गर्दै निखिलले भन्नुभएको छ, ‘अप्ठ्यारो अवस्थामा सहयोग पु¥याउनु मानवताको पहिलो कर्तव्य हो । त्यसैले संकटको समयमा सेवा पु¥याउने भावना सबैले राख्नुपर्छ ।’

उहाले देश कोरोना सँगसँगै नराम्रो राजनीतिकको रोगले ग्रसित रहेको बताउनुभयो । त्यस्तै, कलाकार केदार घिमिरेले १५÷१५ हजार उठाएर कोरोना संक्रमितका लागि सुरु भएको अक्सिजनसहितको निःशुल्क एम्बुलेन्स सेवाले आर्थिक अवस्था कमजोर हुनेलाई ठूलो राहत मिल्ने बताउनुभयो ।

उहाले संकटको घडीमा अनावश्यक रूपमा अक्सिजन ग्यासको जोह नगर्न र शरीरलाई पर्याप्त मात्रामा अक्सिजन चाहिने हुँदा भीडभाडमा मात्र मास्क लगाउन आग्रह गर्नुभएको छ ।