बिहीवारदेखि हवाई उडान बन्द हुँदा वैदेशिक रोजगारीमा जाने बाटो बन्द।

काठमाडौं := नेपाल सरकारले वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय हवाई उडानहरु बन्द गर्ने भएको छ। हवाई उडान बन्द हुँदा नेपाल बाट अन्यत्र देशमा वैदेशिक रोजगारीमा जानेहरु पनि रोकिने भएका छ्न,अलपत्र पर्ने भएका छ्न।

वैशाख २३ गतेदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेपछि भिसा लागिसकेका नेपाली श्रमिकहरु लगायत विदामा स्वदेश फर्केका नेपाली श्रमिकहरु पनि रोकिने भएका हुन्।

हवाई उडान बन्द हुने भए पनि हालसम्म श्रम स्वीकृति दिने क्रम भने बन्द भएको छैन । वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडी बन्द गर्ने विषय छलफलकै क्रममा रहेको बताउँछन् । उनले मंगलबार अवस्थाको विश्लेषण गरेर श्रम स्वीकृति बन्द गर्ने वा जारी राख्ने निर्णय गरिने बताए।