६ वर्षपछि नेपालीको लागी खुल्यो इजरायल।

सरकारले इजरायलमा ‘केयरगिभर’ का लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित गरेको छ।इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी ‘निर्देशिका २०७८’ इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले बेहोर्न नमाने श्रमिक आफैंले तिर्नुपर्ने व्यवस्था गरिएको छ।

सम्झौतामा हवाई भाडा, बिमा, स्वास्थ परीक्षण, कल्याणकारी कोषको रकम र श्रम स्वीकृति लिँदा लाग्ने खर्च रोजगारदाताले बेहोर्ने उल्लेख छ। तर उक्त सम्झौताअनुसार रोजगारदाताले उक्त शुल्क तिर्न नमाने सम्बन्धित व्यक्तिले तिर्नुपर्ने व्यवस्था गरिएको हो ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।