अन्ततः नेपालमा हुने सबै अन्तर्राष्ट्रिय हवाई उडान २३ गतेदेखि बन्द।

काठमाडौं := नेपाल सरकारले यहीँ वैशाख २३ गते राति १२ बजेदेखि लागू हुनेगरी काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै किसिमका अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयका आधारमा यसबारे सोमबार दिउँसो थप छलफल गरि बन्द हुने निर्णय भएको जानकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्ट पारेको हो।

यस् अघि वैशाख २२ गते रातिदेखि नै सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय भएको सुनाएका थिए। मन्त्रालयको सहसचिव तथा नागरिक उड्डयन माहाशाखाको प्रमुख बुद्धि सागर लामिछानेले बताए अनुसार नेपाली समय अनुसार बिहिवार २३ राति १२:०० देखि नेपाल आउने र नेपाल बाट अन्यत्र देश जाने सम्पुर्ण ब्यवसायीक हवाई उडान बन्द गरिएको,रोक लगाइएको बताए।

साथै ‘भारतसँग थप कडाइका साथ सातामा दुई दिन उडान भने हुने छ,’ सहसचिव लामिछानेले भने, ‘अरु देशका लागि हुने उडान भने वैशाख मसान्तसम्मलाई बन्द गर्ने निर्णय मन्त्रिपरिषद् बैठकमा भएको जानकारी आएको छ ।’

उनले हाल देखिएको कोरोना महामारीको चेन ब्रेक गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय उडान धेरै लामो समय बन्द नहुने पनि बताए । ‘यो धेरै लामो समय जाँदैन । त्यसैले तत्काललाई भारतबाहेकका सबै मुलुकमा भइरहेका उडान तत्काल बन्द गर्ने निर्णय भएको हो । अब पहिले जस्तो उद्धार तथा चार्टर उडान पनि हुने छैनन्,’ उनले भने । आन्तरिक उडान भने आज सोमबार रातिदेखि नै बन्द हुने भएको छ।