एजेन्सी := भारतमा कोरोना भारइरसको महामारीबिच सम्पन्न भएको विधासभा निर्वाचनको मतगणना आजदेखि सुरु भएको छ। असाम, केरल, पुडुचरी, तमिलनाडु र पश्चिम बंगालमा कोरोना संक्रमणबिच कुनै स्वास्थ्य मापदण्ड पालना नगरी निर्वाचन गरिएको थियो। जसकारण पनि संक्रमण तीव्र गतिमा भारतभर फैलिएको बताइन्छ।
भारतमा पछिल्लो समय दैनिक ३ लाखभन्दा बढीमा संक्रमण देखिँदै आएको छ। साथै, दैनिक ३ हजारभन्दा बढीको मृत्यु भइरहेको छ। त्यसैले हाललाई निर्वाचनको सबै प्रक्रिया रोक्न माग भइरहँदा मतगणना सुरु भएको हो।
विधानसभा निर्वाचनसँगै संसदीय र विधानसभा उपनिर्वाचनको मतगणना समेत आजबाट सुरु भएको हो। मतगणनास्थलमा धेरै संख्यामा मानिसहरु भेला भएका छन्। धेरै मतान्तर भएको सिटमा विजय हुने पक्का भएका उम्मेदवारका समर्थकहरुले सडकमा ‘जश्न’ मनाउन सुरु गरिसकेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।




















