वैदेशिक रोजगारीबाट नेपाल,स्वदेश फर्किने नेपाली हरुले के-के गर्नुपर्छ ?

काठमाडौं := विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) पछिल्लो दिनहरुमा नेपालमा पनि (कोभिड–१९) को संक्रमण आक्रमक रुपमा फैलिएको छ। साथै कैयौं मानिसहरुको मृत्यु समेत भैइसकेको छ।

जसको फल स्वरुप बिहीवार बिहानबाट काठमाडौँ उपत्यका लगायत उपत्यका बाहिर पनि केही ठाउँहरुमा निषेधाज्ञा लगाइएको छ। काठमाडौँ उपत्यकाकामा निषेधाज्ञा लागू गरिएसंगै सडक यातायात ठप्प भएपनि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान भने नियमित सञ्चालन गरिरहेको छ। त्यस्तै अन्तर्राष्ट्रिय सिमा नाका पनि बन्द गरेको छैन्।

अध्यागमन विभागले जारी गरेको सुचना

विदेशबाट स्वदेश फर्किने नेपालीहरुले सरकारले तोकेका मापदण्ड पूरा गरेर यात्रुले नेपाल प्रवेश पाउने छन् ।स्वदेश फर्किने नेपालीको हकमा पहिलेकै जस्तो मापदण्डअनुसार स्वदेश फर्किन पाउनेछन्। अध्यागमन विभागका अनुसार हाललाई विदेशबाट आउने नेपाली यात्रुलाई होटल क्वारेन्टाइन अनिवार्य गरिएको छैन् । यद्यपि घर फर्केपछि भने अनिवार्य कम्तीमा १० दिन क्वारेन्टाइन बस्नुपर्छ।

हवाइ मार्गबाट आउने स्वदेश फर्किने यसअघिको जस्तै यात्रा सुरु गर्नुअघि स्वाब संकलन भएको ७२ घण्टाभित्रको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट देखाउनु पर्नेछ।

त्यस्तै विदेश जानेहरुले पनि अनिवार्य पिसीआर परिक्षण रिपोर्ट देखाउनपर्नेछ । नेपालबाट विदेश जानेहरुले भने ए बर्गको प्रयोगशालाबाट परिक्षण गरिएको पीसीआर रिपोर्ट वा आईएमयू अनलाइन प्रणालीबाट नाकामै हेर्न मिल्ने गरी उपलब्ध गराइएको रिपोर्ट मात्र मान्य हुनेछ।