च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले २ – १ गोल अन्तरले पीएसजीलाई हरायो।

एजेन्सी (खेलकुद) := गएराती भएको च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो खेलमा म्यानचेस्टर सिटी पिएसजीलाई २-१ गोल अन्तरले हराउँदै विजयी भएको  छ।

म्यानचेस्टर सिटीका लागि डी ब्रुइनले खेलको ६४ औं र रियाद महरेजले खेलको ७१ औं मिनेटमा गोल गरे । पीएसजीका मार्कुन्होसले खेलको १५ औं मिनेटमा गोल गर्दै अग्रता दिए पनि त्यो जितका लागि पर्याप्त भएन ।