एजेन्सी:= आज बिहानै भारतको असममा भूकम्प गएको छ ।भारतको नेसनल सेन्टर अफ सेस्मोलोजीका अनुसार असमको सोनितपुरमा केन्द्रबिन्दु बनाएर बिहान ७ बजेर ५१ मिनेटमा ६.४ म्याग्नेच्युडको भूकम्प गएको हो ।
भूकम्पको महशुस दुईपटक गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पका कारण बिजुली बन्द भएको छ । भूकम्पले घरहरुमा क्षति पुगेको जनाईएको छ ।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित पूर्वी नेपालका केही स्थानमा समेत महशुस गरिएको छ।




















