भारतमा एकै दिन ३ हजार कोरोना सङ्क्रमितकाे मृत्यु, मृत्यु हुनेको संख्या २ लाख नाघ्याे।

काठमाडौं := भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या दुई लाख नाघेको छ । हिजो एकै दिन तीन हजार भन्दा बढीको ज्यान गएको थियो ।

एकै दिन कोरोनाका कारण पहिलोपटक यति धेरैको ज्यान गएको स्थानिय अधिकारीले बताएका छन् ।  भारतमा केही समय यता दैनिक साढे तीन लाखको हाराहारीमा सङ्क्रमित थपिएका छन् । काेराेनाका कारण अमेरिका, ब्राजिल र मेक्सिकोपछि भारतमा सबैभन्दा धेरैको ज्यान गएको छ ।

अस्पतालहरुमा आईसीयू, भेन्टिलेटर, अक्सिजन तथा औषधिको अभाव भइरहेको छ । भारतमा अहिलेसम्म एक कराेड ७९ लाख भन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । भारतमा हाल २९ लाख ७२ हजार बढी एक्टिभ केस रहेको बताइएको छ। photo source : Reuters