[ आरएन चौधरी थारु ]
क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा कोरोना भाइरस (कोभिड-१९) ले संक्रमित हुनेको संख्या ३ लाख ९८ हजार ४५१ जना पुगेको छन, भने संक्रमणको कारण अहिलेसम्म मृत्यु हुनेको संख्या १,४६२ जना पुगेको छ।
यहीँ मिति सन् २०२१ , अप्रिल , २७ तारिख, मंगलबारको दिन कोरोनाको कारण थप १३ जना नागरिकको मृत्यु भएकोले बढेर अहिलेसम्म जम्मा मृत्यु हुनेको संख्या १,४६२ जना पुगेको हो।
आज मात्रै पुनः २,७३३ जना नयाँ संक्रमित फ़ेला परेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। जम्मा संक्रमित मध्य आज २,०१९ जना निको भएसंगै जम्मा ३ लाख ७१ हजार ५७५ जनाले उपचार सकिएर स्वास्थ्य लाभ लिई निको भैइसकेको मन्त्रालयको तथ्यांकले देखाउछ।






















