अनलाइन मिडिया उज्यालोनेटवर्क डटकमको कार्यालय प्रहरीबाट घेराउ।

काठमाडौं := अनलाइन मिडिया उज्यालोनेटवर्क डटकमको कार्यालयमा प्रहरीले पुनः घेरावन्दी गरेको छ । अनामनगरस्थित उज्यालोनेटवर्क अनलाइन मिडियाको कार्यकारी सम्पादक अनिश तामाङले प्रहरीले आफुहरुलाई पुनः धरपकड गरेको र नियन्त्रणमा लिइएको जानकारी फेसबुक मार्फत गराएका छ्न।

केहीदिन पहिले सो अनलाइनले प्रधानमन्त्री केपी शर्माओली र भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्त गोयलबीचको सम्झौता भन्दै एक सामग्री प्रकाशन भएको थियो । पछि सोही अनलाइनले गल्ती स्वीकार गर्दै प्रेस काउन्सिलमा माफी समेत मागेको थियो ।

समाचार प्रकाशनपछि प्रहरीले नेटवर्कका सम्पादक बुद्ध लोप्चन सहितका पत्रकारलाई धरपकड शुरु गरेको थियो । जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए । उनीहरुलाई राज्य विरुद्धको कसुर र लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ ।

तस्बिरमा हेर्नुहोस उच्च अदालत पाटनले केही दिन अगाडि जारी गरेको आदेश

सो अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर धरपकड नगर्न प्रहरीको नाममा अदालतले केही दिन अगाडि नै आदेश दिइसकेको छ। तर, प्रहरीले सो आदेशको अवज्ञा गरेको छ ।

कार्यकारी सम्पादक अनिसले फेसबुकमा लेखेका छन्– ‘उज्यालो नेटवर्कको कार्यलयमा प्रहरीले पुनः धरपकड गरेको छ । म लगायत उज्यालो नेटवर्कको पत्रकारहरुलाई प्रहरीले उज्यालो नेटवर्ककै कार्यलयमा नियन्त्रणमा राखेको जानकारी गराउन चहान्छु ।’