सैन्य कू गरेपछि पहिलोपटक विदेश भ्रमणमा निस्कँदै म्यान्मारका सेना प्रमुख।

एजेन्सी := याङ्गुन, म्यान्मारका सेना प्रमुख जनरल मिन अङ लाइङ मुलुकमामा सैन्य कू गरेपछि पहिलोपटक विदेश भ्रमणमा निस्कने भएका छन्।

बीबीसीका अनुसार आसियन राष्ट्रहरुको क्षेत्रीय सम्मेलनमा भाग लिनका लागि उनी शनिबार इन्डोनेसियाको जाकार्तामा हुने सम्मेलनमा उपस्थित हुने भएका हुन् । गत फेब्रुअरी १ देखि म्यान्मारमा सैन्य शासन लागू भएको छ । एक वर्षसम्म संकटकाल घोषणा गरेको म्यान्मारका सेनाका अनुसार निष्पक्ष चुनाव गराएर मात्र सत्ता हस्तान्तरण हुने बताइएको छ।

लोकतान्त्रिक नेतृ आङ साङ सुचीको पार्टीले धाँधली गरेर चुनावमा बहुमत प्राप्त गरेको भन्दै सेनाले सत्ता हत्याएका थिए।हाल सुची, राष्ट्रपति विन मिन्टसहित देशका शीर्ष नेताहरलाई सेनाले हिरासतमा लिएका छन् । सैन्य शासनको विरोधमा महिनौंयता जारी प्रदर्शका क्रममा ७ सयभन्दा बढीको मृत्यु भइसकेको छ।