रियल म्याड्रिडको उपाधि जित्ने यात्रामा धक्का।

एजेन्सी := रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएपछि रियल म्याड्रिडको उपाधि होडमा ठूलो धक्का लागेको छ । बराबरीपछि रियल शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडभन्दा दुई अंकले पछि परेको छ।

एक खेल कम खेलेको एथ्लेटिकोले आइतबार एथ्लेटिक बिल्बाओको सामना गर्दैछ । उता, दुई खेल कम खेलेको बार्सिलोना रियलभन्दा तीन अंकले पछि तेस्रो स्थानमा छ।साबिक विजेताका लागि रोड्रिगोको प्रहार पोष्टमा लागेको थियो भने रियल बेटिसका लागि गुइडो रोड्रिग्वेजले गरेको प्रहार थियाबट कोर्टवाले उत्कृष्ट बचाउ गरेका थिए।

रियलका लागि खेलमा सकारात्मक पक्ष भनेको एडिन हजार्डको पुनरागमन थियो । चोटका कारण लामो समय मैदानबाहिर रहेका हजार्ड खेलको ७७ औँ मिनेटमा मैदानमा प्रवेश गरेका थिए । गत मार्च १३ पछि उनी लिगमा पहिलोपटक मैदानमा प्रवेश गरेका हुन्।

अब रियलले मंगलबार च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा चेल्सीको सामना गर्नेछ।तर बराबरीपछि रियल शीर्ष स्थानको एट्लेटिकोभन्दा २ अंकले पछि छ। यता तेस्रो स्थानको बार्सिलोनाको रियल भन्दा ३ अंक कम छ। तर उसले दुई खेल कम खेलेको छ।

आगामी दुवै खेलमा जित हात पारे बार्सिलोनाले रियललाई पछि पार्नेछ। अंक तालिकामा शीर्ष स्थानको एट्लेटिकोको ३२ खेलबाट ७३ अंक छ। दोस्रो स्थानको रियलको ३३ खेलबाट ७१ अंक छ भने तेस्रो स्थानको बार्सिलोनाको ३१ खेलबाट ६८ अंक रहेको छ।