
काठमाडौं:= स्वास्थ्य मन्त्रालयले कोभिड महामारी अझ बढ्दै गएको र भारतमा भयावह अवस्था पुगिसकेको भन्दै लापरवाही रोक्न काठमाडौं उपत्यकामा लकडाउन गर्न उपयुक्त हुने सुझाव सीसीएमसीमा दिइएको छ । मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रण बाहिर जान लागेको भन्दै कम्तिमा चार साता लकडाउन गर्न सुझाव दिएको छ ।
मन्त्रालयको सुझावबारे सीसीएमसीको आज बस्ने बैठकमा छलफल हुने बताइएको छ । हाल विश्वभर फैलिएको कोरोनाको नयाँ लहरका कारण नेपालमा पनि दिनहुँ हजारौको संख्यामा संक्रमित भेटिन थालेका छन् । यस्तै, शून्यमा झरेको मृत्यु संख्यामा पनि वृद्धि भएको छ ।



















