मलेसियामा कोरोनाले आजसम्म मृत्यु हुने १,४०७ जना पुग्यो,संक्रमित ३ लाख ८४ हजार ६८८ जना।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा कोरोना भाइरस (कोभिड-१९) ले संक्रमित हुनेको संख्या ३ लाख ८४ हजार ६८८ जना पुगेको छन, भने संक्रमणको कारण अहिलेसम्म मृत्यु हुनेको संख्या १,४०७ जना पुगेको छ।

यहीँ मिति सन् २०२१ , अप्रिल , २२ तारिख, बिहीवारको दिन कोरोनाको कारण थप ७ जना नागरिकको मृत्यु भएकोले बढेर अहिलेसम्म जम्मा मृत्यु हुनेको संख्या १,४०७ जना पुगेको हो।

आज मात्रै पुनः २,८७५ जना नयाँ संक्रमित फ़ेला परेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। जम्मा संक्रमित मध्य आज २,५४१ जना निको भएसंगै जम्मा ३ लाख ६१ हजार २६७ जनाले उपचार सकिएर स्वास्थ्य लाभ लिई निको भैइसकेको मन्त्रालयको तथ्यांकले देखाउछ।

[ photo source : malaysian health ministry department KKM ]
हालसम्म २२ हजार १४ जनामा कोरोना संक्रमण सक्रिय रहेको छ , भने २४८ जना संक्रमित ईमर्जेन्सी कक्ष (आईसियु) मा भर्ना भएर उपचाररत रहेको मन्त्रालयको तथ्यांकले देखाउछ।

advertise