मलेसियामा सुरक्षागार्डमा कार्यरत नवीन तामाङ मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर (मलेसिया):= मलेसियामा एक सेक्युरिटी कम्पनीसंग आबद्द रहि सुरक्षागार्डमा कार्यरत नेपाली श्रमिक नवीन तामाङ घिसिङ दुर्घटनामा परि गम्भीर घाइते भएको छ।

मलेसियाको जोहोरबारुमा अवस्थित बिजिएस सेक्युरिटी एसडिएन बिएचडी (BGS SECURITY SDN BHD) नामक सेक्युरिटी कम्पनीसंग आबद्द रहि बिगत १६ महिनादेखि सुरक्षागार्डको रुपमा काम गर्दै आएका नेपाल ठेगाना जिल्ला ओखलढुंगा , सुनकोसी गाउँपालिका निवासी नवीन तामाङ (घिसिङ) आफ्नो कार्यक्षेत्रमै रोजगारीमै रहेको बेला मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएको कम्पनी स्रोतले मलाया खबरलाई जानकारी गराउनुभएको छ।

मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका नवीन तामाङ

जोहोरमा अवस्थित जालान मेलोर लेडाङ्ग हाईट्स नुसाजाया भन्ने ठाउँमा ड्युटीमै रहेको बेला आज बिहान करिब ०८:०० बजेतिर नवीन आफैंले चलाईरहेको मोटरसाइकल अनियंत्रित भैइ रुखमा ठोकिएर दुर्घटना हुन पुगेको कम्पनीको एचआर म्यानेजर साहिदले जानकारी गराउनु भएको छ।

तस्बिरमा नवीनले चलाइ रहेको बेला दुर्घटनामा परेको मोटरसाइकल

दुर्घटनामा परि गम्भीर घाइते भएका नवीन बेहोशी अवस्थामानै रहेको बताइएको छ। थप उपचारको लागी जोहोरमै नजिकैको अस्पतालमा भर्ना गरिएको र डाक्टरले अपरेसन पनि गरिरहेको तर घाइते नवीन होसमा आउन करिब ५,६ घण्टा लाग्न सक्ने कम्पनी स्रोतलाई उद्ध्त गर्दै नेपाली दूतावास मलेसियाको जन सम्पर्क अधिकृत टेक बुढाले बताउनुभयो।

advertise