एजेन्सी := कोरोना भाइरसको महामारीका बीच बलिउडको सुपरस्टार भाईजान सलमान खानको फिल्म ‘राधे योर मोस्ट वान्टेड भाइ’ ईदमै रिलिज हुने भएको छ ।
सलमान खान फिल्मस र जी स्टुडियोजले फिल्म १३ मेमा रिलिज गर्ने भएका छन् । प्रभु देवाद्वारा निर्देशित यो फिल्मको लागि निर्माण पक्षले विश्वव्यापी योजना बनाएको छ । अन्तर्राष्ट्रिय स्तरमा फिल्म मल्टिफर्म्याट रिलिज हुनेछ ।
सलमान खानले फिल्मको ट्रेलर भोलि अप्रिल २२ मा रिलिज हुने भएको छ । १३ अप्रिलमा फिल्म विश्वभरका सिनेमाघरमा सरकारद्वारा निर्देशित कोरोना प्रोटोकल पालना गर्दै रिलिज हुनेछ ।
यो फिल्म जी प्लेक्सबाट रिलिज हुनेछ। फिल्मको ट्रेलर भने २२ अप्रिलमा सार्वजनिक हुनेछ। फिल्मलाई ४० देशमा रिलिज गर्ने तयारी समेत भइरहेको छ। प्रभु देवाको निर्देशन रहेको फिल्ममा सलमान खान, दिशा पटानी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।




















