पाकिस्तानको क्वेटा शहरमा विष्फोट, कम्तीमा ४ जनाको मृत्यु।

एजेन्सी:= पाकिस्तानको क्वेटा शहरमा अवस्थित एक होटलमा विष्फोट हुँदा कम्तिमा ४ जना मानिसको मृत्यु भएको छ । थप अन्य ११ जना घाइते भएका छन् ।

बीबीसीका अनुसार क्वेटा शहरमा अवस्थित चर्चित होटल सेरेनाको पार्किङ क्षेत्रमा विष्फोट भएको हो । उच्च सरकारी अधिकारीहरुको बढी आउजाउ हुने होटलको रुपमा सेरेना चर्चित छ ।

पाकिस्तानका गृहमन्त्री शेख राशिद अहमदले एक टेलिभिजनलाई दिएको प्रतिक्रियाअनुसार विष्फोटक पदार्थले भरिएको कार पार्किङ क्षेत्रमा विष्फोट भएको थियो।

विष्फोटको जिम्मा तालिवानले लिएको छ। क्वेटा शहर बलुचिस्तान प्रान्तको राजधानी हो, जुन अफगानिस्तानको सीमा नजिक छ । बलुचिस्तान क्षेत्रमा पृथकतावादी समूह लामो समयदेखि सक्रिय छ । यही क्षेत्रमा चीनले ठूलो परियोजनामा लगानी गरेको छ ।