नक्कली पीसीआर रिपोर्टको आशंकामा ११२ यात्रुलाई विमानस्थलबाट फर्काइयो

काठमाडौं:= नक्कली पीसीआर रिपोर्ट लिएर विदेश उड्न लागेको आशंकामा  ११२ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ ।

कतार, मेलेसिया, दुबईलगायतका खाडी मुलुक र भारतलगायत देश जान तयार भएका ती यात्रुलाई विमानबाट ओरालिएको हो।काठमाडौंको सुरिया ल्याबबाट पीसीआर गराएका ११२ जना यात्रुलाई फिर्ता गरिएको अध्यागमन विभागले जनाएको छ ।

सूरिया हेल्थ केयरमा बनाइएको पिसिआर रिपोर्ट देखिएपछि नक्कली भएको आशंकामा उनीहरुलाई फर्काइएको हो ।मंगलबार महानगरीय अपराध महाशाखाले अप्रेशन चलाएर उक्त प्रयोगशालाका ६ कर्मचारीलाई पक्राउ गरेको थियो।