एजेन्सी := ईन्डियामा जारी आइपिएल क्रिकेट खेलमा सोमबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ४५ रनले पराजित गर्दै चेन्नई सुपरकिंग्सले दोस्रो जित हात पारेको छ।
मुम्बईमा पहिले ब्याटिङ गरेको चेन्नईले ९ विकेटको क्षतिमा १८८ रन जोड्यो। उसका लागि फाप डु प्लेसिसले ३३ रन जोड्दा अम्बाती रायदुले २७ रन बटुले। कप्तान महेन्द्रसिंह धोनीले १८ तथा ड्वायन ब्राभोले नटआउट २० रन जोडे।बलिङमा राजस्थानका चेतन सकारियाले ३ विकेट लिए भने क्रिस मोरिसले २ विकेट हात पारे।
१८९ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेटको क्षतिमा १४३ रन जोड्न सक्यो। राजस्थानका लागि जोस बटलरले ४९ रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। बलिङमा मोइन अलीले ३ विकेट लिए भने साम कुरान र रवीन्द्र जडेजाले २-२ विकेट हात पारे।




















