त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट-मलेसियाविरुद्ध नेपालको शानदार जित।

काठमाडौं:= नेपालले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा मलेसियालाई ९ विकेटले पराजित गरेको छ । सोमबार टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कुशल भूर्तेलले अर्धशतकीय इनिङ्स खेलका छन् ।

मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १२ ओभर १ बलमा १ विकेटको क्षतीमा पूरा गर्यो । नेपाल लागि कुशलले अविजित रहँदै ६१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले ४१ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६१ रनको योगदान दिए ।

अर्का ओपनर आसिफ शेखले ४२ रन जोडे । उनले २९ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै ४२ रन जोडे । उनी १२ ओभरको पहिलो बलमा लामो सट खेल्ने क्रममा कभरमा अनवर रहमानको हातबाट क्याच आउट हुन पुगे ।

नेदरल्यान्ड्सविरुद्धको खेलमा टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेका उनको यो लगातार दोस्रो अर्धशतक हो । शनिबार नेदरल्यान्ड्सविरुद्धको खेलमा कुशलले ६२ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले नेदरल्यान्ड्सविरुद्ध ४६ बलमा समान ५ चौका र छक्का प्रहार गर्दै ६२ रन जोडेका थिए ।

एक विकेटपछि आएका उप कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ६ रनको योगदान गरे । मलेसियाका लागि विरनद्वीप सिंहले १ विकेट लिनु बाहेक अन्य बलर असफल रहे ।

यसअघि मलेसियालाई १०९ मा अल आउट गरेको नेपालका लागि करण केसीले तीन विकेट लिएका थिए । त्यस्तै, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र साहब आलमले १÷१ विकेट लिएका थिए ।

नेपालको कसिलो बलिङसामु टिक्न नसकेको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाएर १०९ रनको योगफल तयार ग¥यो । मलेसियाका लागि ओपनर साद अजिजले २४ बलमा ४ चौका र १ छक्कासहित २७ रन बनाए । त्यस्तै, सार्भिन मुनियादीले २० तथा विकेटकिपर ब्याट्सम्यान शफिक सरिफले १५ रन जोडेका थिए ।