थापस केन्द्रद्वारा नेपाल पत्रकार महासंघमा नव निर्वाचित थारु पत्रकारहरु सम्मानित।

बर्दिया := थारु पत्रकार संघ नेपाल केन्द्रको आयोजनामा बर्दियामा आयोजित थारु पत्रकार संघको राष्ट्रिय भेला तथा नेपाल पत्रकार महासंघमा नव निर्वाचित थारु पत्रकारहरुलाई बधाई तथा सम्मान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।

भरखरै सकिएको नेपाल पत्रकार महासंघको निर्वाचनमा बारा जिल्लाबाट प्रदेश परिषद सदस्यमा निर्वाचित हुनुभएका शेखर चौधरी , त्यस्तै महासंघमा जिल्ला सह-सचिवमा समावेशी तर्फबाट निर्वाचित दुष्यन्त चौधरी , जिल्ला सदस्यमा निर्विरोध निर्वाचित जियालाल चौधरी लगायत देशैभरिबाट पत्रकार महासंघ भित्र जिल्ला देखी लिएर केन्द्रसम्म विभिन्न पदमा निर्वाचित हुन सफल थारु पत्रकार संघ नेपालमा आबद्द ३५ जना थारु पत्रकारहरुलाई स-सम्मान सम्मानपत्र प्रदान गरि    दो-सल्ला ओढाई सम्मान गरेका हुन।

थारु पत्रकार संघ नेपाल केन्द्रको अध्यक्ष सन्तोष दहितको सभापतित्वमा यहीँ मिति वैशाख ६ गते आईतवार सम्पन्न भएको सम्मान कार्यक्रममा बारबर्दिया नगरपालिकाको नगर प्रमुख (मेयर) दुर्गा बहादुर थारुको प्रमुख अतिथ्यता रहेको थियो।

कार्यक्रममा सहभागी अन्य अतिथिहरुमा बारबर्दिया नगरपालिकाकै नगर उप-प्रमुख (उप-मेयर) अन्जु दहित , नगरपालिकाकै प्रमुख प्रसाशकिय अधिकृत , बाँके जिल्लाको निवर्तमान अध्यक्ष ठाकुर सिंह थारु, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ केन्द्रको उपाध्यक्ष तथा थारु पत्रकार संघ नेपालको सल्लाहकार लक्की चौधरी, लेखक सुशील चौधरी लगायत देशैभरिबाट पत्रकार महासंघमा नव निर्वाचित थारु पत्रकार संघ नेपालमा आबद्द पत्रकारहरुको पनि उल्लेखनीय सहभागीतामा रहेको थियो।

थारु पत्रकार संघ नेपाल केन्द्रका महासचिव सन्त कुमार चौधरी ले सञ्चालन गर्नुभएको उक्त सम्मान कार्यक्रम सम्पन्न गर्नलाई सहयोगीको रुपमा बारबर्दिया नगरपालिका रहेका थिए, भने बडघर सञ्जाल बारबर्दियाको सहकार्य रहेको थियो।