आईपीएल क्रिकेटमा दिल्लीलाई हराउँदै राजस्थान विजयी।

काठमाडौं:= इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै राजस्थान रोयल्स विजयी भएको छ । बिहीबार राति भएको खेलमा राजस्थानले क्यापिटल्सलाई ३ विकेटले पराजित गरेको हो ।

सुरुमा ब्याटिङ गरेको क्यापिटल्सले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १४८ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य राजस्थानले १९.४ ओभरमै ७ विकेट गुमाएर पूरा गरेको हो।

जारी सिजन पहिलो खेल पराजयबाट सुरु गरेको राजस्थानको यो पहिलो जित हो।