आईपीएलमा बेंगलोरको लगातार दोस्रो पटक जित।

काठमाडौं:= रोएल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करणमा लगातार दोस्रो जित हात पारेको छ ।

बुधबार चेन्नाइमा भएको खेलमा बेंगलोरले सनराइजर्स हैदरवालाई ६ रनले पराजित गरेको हो । बेंगलोरले दिएको १५० रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन बनाएको थियो ।

हैदरावादका लागि कप्तान डेभिड वार्नरले सर्वाधिक ५४ रन बनाए । यस्तै मनिस पाण्डेले ३८, रसिद खानले १७ र जोनी बेयर्स्टोवले १२ रन जोडे।

बेंगलोरका लागि बलिङमा शहबाज अहेमदले ३ विकेट लिए । त्यसका लागि उनले २ ओभरमा मात्र बलिङ गर्दै जम्मा ७ रन खर्चिए । उनले १७ औं ओभरमा सबै ३ विकेट लिएका थिए । यस्तै मोहम्मद सिराज र हर्शल पटेलले समान २ विकेट लिए ।

त्यसअघि चेन्नाईमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले ग्लेन म्याक्सेवलको अर्धशतक मद्दतमा २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो । म्याक्सवेलले सर्वाधिक ५९ रन बनाए । यस्तै कप्तान विराट कोहलीले ३३ रन जोडे ।

हैदरावादका ज्यासन होल्डरले ३ र रसिद खानले २ विकेट लिए। यस्तै भुवनेश्वर कुमार, टी नटराजन र शहबमज नदिमले समान १ विकेट लिए।

लगातार दुई खेल जित्दै ४ अंक जोडेको बेंगलोरले अंकतालिकाको शीर्ष स्थानमा छ । लगातार दुई खेल हारेको हैदरावाद अंकविहीन छ । आज राति हुने खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स भिड्ने छन्।