एजेन्सी := इंग्लिस क्लब चेल्सी सात वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।क्वाटरफाइनलको दोस्रो लेगमा पोर्चुगिज क्लब पोर्टोसँग १-० ले पराजित भए पनि समग्रमा जित हात पार्दै चेल्सी सेमिफाइनलमा पुगेको हो ।
पहिलो लिग २-० ले जितेको चेल्सीले समग्रमा २-१ को जित हात पार्दै अन्तिम चारमा पुगेको हो । सेभिलस्थित रामोन सान्चेज मैदानमा पोर्टोलाई जित दिलाउन मेहदी तारेमीले इन्जुरी टाईममा गोल गरे । अब चेल्सीले सेमिफाइनलमा रियल मड्रिड र लिभरपुलबीचको विजेतासँग खेल्नेछ ।




















