प्रेमगीत-३ हिन्दी भाषामा डबिङ हुँदै।

काठमाडौंं:= नेपाली चलचित्र ‘प्रेम गीत ३’ हिन्दी भाषामा डबिङ गरिएको छ । नेपालसँगै भारतमा पनि रिलिज गर्ने तयारीका साथ निर्माण युनिटले हिन्दी भाषामा डबिङ बाहुबलीका कलाकारहरूद्वारा गराइए निर्देशक सन्तोष सेनले बताउनु भएको छ ।

चलचित्र अन्य विभिन्न भाषामा पनि रिलिज गर्ने तयारीमा निर्माण टिम जुटेको छ । दुई सय वर्षअघिको प्रेम काहानीलाई पर्दामा उतारेको चलचित्र स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले संयुक्तरूपमा निर्देशन गर्नुभएको छ । छेतेन गुरुङ र मन्दीप गौतमको लेखक रहेको फिल्मका निर्माता सन्तोष सेन र सहनिर्माता कुमार सान शाह र ओएसआर डिजिटल रहेका छन्।

चलचित्रमा प्रदीप खड्का, कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, सन्तोष सेन, माओत्से गुरुङ, प्रेम पुरी, नवनायक मनिष रावत, अनुभव रेग्मी, सुजल बस्नेत, समृद्धि शाही ठकुरी, योगिसा खत्री, लक्ष्मी बर्देवा, क्रिजल गौतमलगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्र अहिलेको कोरोनाको कहर सकिएपछि रिलिज गरिने छ । मिति भने तय गरिएको छैन।