भारतमा एकैदिन १ लाख ४५ हजार कोरोना संक्रमित थपिए।

नयाँ दिल्ली(भारत):= भारतमा एकै दिन १ लाख ४५ हजार जना कोरोना भाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एक लाख ४५ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा कोभिड–१९ का कारण ७९४ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा संक्रमितको संख्या एक करोड ३२ लाख पाँच हजार ९२६ पुगेको छ । हालसम्म १ लाख ६८ हजार ४३६ जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ ।