एमाले प्रवेश गरेका व्यवसायी किशोर प्रधान नेपाल एयरलाइन्सको सञ्चालकमा नियुक्त।

काठमाडौं := सरकारले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष एवं व्यवसायी किशोर प्रधानलाई नेपाल वायु सेवा निगमको सञ्चालकमा नियुक्त गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले प्रधानलाई मंगलबार सञ्चालक नियुक्त गर्नुभएको हो। व्यवसायी प्रधान केहि दिन अघि मात्र नेकपा एमाले प्रवेश गर्नुभएको थियो ।

मन्त्री ढकालका प्रेस विज्ञ माधव तिवारीले प्रधानलाई चार वर्षका लागि निगमको सञ्चालक नियुक्त गरेको जानकारी दिनु भयो ।