उत्तर कोरियामा कोरोनाको त्रास, भन्यो- ‘ओलम्पिकमा सहभागी हुँदैनौँ’

एजेन्सी:= उत्तर कोरियाले जापानमा हुने ३२ औं ग्रिष्मकालीन ओलम्पिकमा सहभागी नजनाउने भएको छ । कोरोनाभाइरसको महामारीलाई कारण देखाउँदै उत्तर कोरियाले ओलम्पिकमा सहभागी नहुने निर्णय गरेको हो ।

मार्च २५ मा बसेको उत्तर कोरियाको ओलम्पिक कमिटीको बैठकले विश्वव्यापी महामारीबाट आफ्ना खेलाडीलाई जोगाउन खेलमा सहभागी नहुने निर्णय गरेको बीबीसीले जनाएको छ ।

कमजोर स्वास्थ्य प्रणाली भएको उत्तर कोरियाले कोरोना महामारी रोक्न निकै कडा मापदण्डहरू अपनाइरहेको छ। त्यहाँका सरकारी अधिकारीहरूले अहिलेसम्म आफ्नो देशमा कोरोनाका संक्रमित नभएको दाबी गर्दै आएका छन् तर श्चिमा राष्ट्रहरुले भने उत्तर कोरियाको कोरोना तथ्यांकमा सन्देह व्यक्त गरेका छन्।

महामारीले रोकिएको ओलम्पिक यस वर्ष जुलाई २३ देखि अगस्ट ८ सम्मका लागि तय भएको छ। ओलम्पिकमा विदेशी दर्शकलाई उपस्थित नगराउने जापानले बताइसकेको छ ।