सुदुरपश्चिममा आज सार्वजनिक बिदा,राना थारु समुदायले खखडेहरा पर्व मनाउँदै।

कैलाली := सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ।  सुदुरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारू समुदायको होली पछिको महत्वपूर्ण पर्व खखडेहरा मनाउनका लागि सुदूरपश्चिम प्रदेशमा सोमबार सार्वजनिक बिदा दिएको हो।

राना थारू समुदायले खखडेहरा पर्व धुमधामसँग मनाउने गरेका छन्। सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार प्रदेश सरकारको निर्णयअनुसार खखडेहरा पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।