लण्डन:= विदेशमा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ।गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार गएको साता कतारमा ३ जना र रुसमा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो।
गैरआवासीय नेपाली संघका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिबारसम्म हालसम्म २३ देशमा रहेका ३ सय ४९ जना नेपालीको निधन भएको छ।
संयोजक डा. सापकोटाका अनुसार यो साता माल्दिभ्स, मलेसिया, कतार र युएईमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ।
हालसम्म ५४ देशमा ६५ हजार २ सय ८७ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६२ हजार ६ सय ६३ जना कोरोना संक्रमणमुक्त भएका छन् । विदेशमा संक्रमणमुक्त हुने दर ९६ प्रतिशत रहेको छ।
नेपालमा शनिबारसम्म २ लाख ७७ हजार ७ सय ६८ जनामा संक्रमण पुष्टि भएकामध्ये ९८.३ प्रतिशत अर्थात २ लाख ७३ हजार १ सय २३ जना संक्रमणमुक्त भएका छन्।




















