अफगानिस्तान सेनाले गरेको हवाई आक्रमणमा परी ३५ लडाकू मारिए।

अफगानिस्तान := अफगानिस्तानको सेनाले देशका दुई वटा उत्तरी प्रान्तहरुमा गरेको हवाई आ क्रम णमा कम्तीमा ३५ जना तालिबानी लडाकू मारिएका छन् ।

शुक्रबार राति गरिएको यस आ क्रमण मा अरु ३३ जना लडाकू घाइते भएको पनि अफगान रक्षा मन्त्रालयले पुष्टी गरेको छ । फरयाब प्रान्तमा २६ जना तालिबानी लडाकू मा रिनुका साथै ३३ जना घाइते भएका छन् ।

तालिवान समूहको गढ मानिएको गुर्जिवान जिल्लाको सर्चाकान गाउँमा सेनाले कारबाही गरेको रक्षा मन्त्रालयले जनाएको छ ।

यस्तै, छिमेकी बाघलान प्रान्तमा नौ जना तालिबानी लडाकूको सैनिक कारबाहीमा मृ त्यु भएको छ । मा रिएकाहरुमा छ जना तालिबानका डिभिजनल कमान्डरहरु पनि रहेका छन् ।

सेनाले विद्रोही लडाकूबाट हातहतियार र धेरैवटा सवारी साधन पनि बरामद गरी ध्वस्त पारेको छ । यद्यपी तालिबान समूहले उक्त घटनाहरुका बारेमा कुनै प्रतिक्रिया जनाएको छैन । (रासस–सिन्ह्वा)