राजीनामा माग्नेलाई ओलीको जवाफ: समर्थन फिर्ता लिइदेऊ,अनि राजीनामा आइहाल्छ नि।

काठमाडौं:= प्रधानमन्त्री केपी शर्मा ओलीले  बालुवाटारबाट आज शनिबार भर्चुअल मार्फत सडकको शिलान्यास गर्नु भएको छ।

आज एक भर्चुअल कार्यक्रम मार्फत १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास गर्नु भएको छ ।
संघीय निर्वाचनका १ सय ६५ वटै क्षेत्रमा एक-एक सडकका दरले सडक शुभारम्भ गर्न लागिएको हो ।

साथै शिलान्यास कार्यक्रममै ओलीले बोल्दै भने, ‘राजीनामा आज मागिएको होइन्, मागिएको मागियै छ । मागैपिच्छे म कसरी दिनसक्छु ?

एउटाले माग्दैन, ‘एकदिन माग्दैन, दुईदिन माग्दैन, माग्या छ माग्या छ । ए बाबा, हटाउ न , सरकारलाई दिइएको समर्थन फिर्ता लिइदेउ भन्छु, त्यो पनि लिँदैनन्। अनि राजीनामा माग्छन्। राजीनामा त आइहाल्छ नि पहिला समर्थन फिर्ता गर न।’