त्रिदेशीय कप विजेता नेपाली फुटबल खेलाडी हरुलाई सरकारले चार–चार लाख दिने।

काठमाडौं := शुक्रवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले  त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई नेपाल सरकारले  जनही चार/चार लाख रुपैयाँ दिने निर्णय गरेको छ।

त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा गएकाे सोमवार भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एक गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो । नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गरेका थिए । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त गरेको छ।

नेपाली खेलाडीको हौसला बढाउन प्रधानमन्त्री ओली दशरथ रङ्गशाला पुग्नुभएको थियो । नेपालको तर्फबाट दुवै गोल हुँदा प्रधानमन्त्री ओलीले उठेर ताली बजाउँदै खेलाडीलाई हौसला प्रदान गर्नुभएको थियो ।

खेलाडी हरु अझै अगाडिको बढुन र ऊनीहरुलाई खेलको अभ्यास गर्न थप सहयोग पुगुन भन्ने हेतुले सरकारले जनही चार/चार लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका परराष्टमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

यस् अघि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पनि विजेता खेलाडीलाई जनही एक/एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिसकेको छ ।