धादिङ:= कारणले रोकिएको प्रथम गजुरी महोत्सव आगामी चैत २३ गते देखि बैशाख २ गते सम्म हुने भएको छ । धादिङ गजुरी गाउँपालिका स्थित गजुरी बजारमा चैत्र २३ देखि बैशाख २ गते सम्म प्रथम गजुरी महोत्सव हुने लागिएको हो ।
एक घर एक व्यवसाय भन्ने मूल नाराका साथमा साना तथा मझौला व्यवसायी महासंघ धादिङले आयोजनामा यही चैत्र १२ गतेदेखि २४ गते सम्म हुने लागिएको महोत्सव अन्तिम अवस्थामा आएर राजनीति कारणले स्थगित भएको थियो । महोत्सव मूल समारोह समितिका संयोजक सुमित श्रेष्ठका अनुसार राजनीति दल र गजुरी गाउँपालिका बिच विभिन्न सहमति गरि करिब ११ दिन ढिला गरी महोत्सव सुरु गर्न लागिएको बताउनु भयो ।
राजनीति कै कारण महोत्सव उद्घाटन गर्न माधव नेपाल आउने निश्चित भएसँगै महोत्सव स्थगित भएको थियोे । महोत्सबको ९९ प्रतिशत काम सकि सकेको अवस्थामा गाउँपालिकाले महोत्सव स्थगित गर्न दवाव दिएको थियो । धादिङका पूर्व माओवादी केन्द्र र एमाले नेपाल पक्षले महोत्सव उद्घाटन गर्न प्रमुख अतिथिको रुपमा माधव नेपाल आउने भएपछि गजुरी गाउँपालिकाले महोत्सव रोक्ने बताएका थिए ।
महोत्सवमा विभिन्न प्रकारका १०० वटा भन्दा बढी व्यापारिक स्टल रहने छन् भने महोत्सवमा हेलिकप्टबाट गोसाईकुण्ड दर्शन र धादिङका स्थानीय पर्यटकीय दृष्यावलोकन गर्नका लागि टिकट बुकिङ खुल्ला भैरहेको संयोजक श्रेष्ठले बताउनु भयो ।
महोत्सवमा घरेलु तथा मझौला उद्योगबाट उत्पादित वस्तुहरुको प्रदर्शनी, हेलिकप्टरबाट दृश्यालोकन, विभिन्न खेल तथा मनोरञ्ज, कृषि प्रदर्शनी रहेका छन् । महोत्सवको अन्तिम समयमा आउँदा स्थागित हुँदा करिब ४५ लाख बराबर नोक्सानी भएको थियोे । महोत्सवको लागि स्टल खेलका सामग्री लगाएत अन्य गरि ४२ लाख खर्च भैसकेको थियो ।




















