जसपा पार्टीको प्रदेश समितिमा ७ जना मनोनित,मलेसियाबाट विरेन्द्र नेगी र भानुभक्त देवकोटा।

क्वालालम्पुर (मलेसिया):= जनता समाजवादी पार्टी नेपाल (जसपा) को प्रवास विशेष प्रदेश समितिको गत २८ तारिख मार्च २०२१ का दिन बसेको पूर्ण समितिको बैठकले ७ जनालाई प्रदेश समितिमा चयन,मनोनीत गरेको छ।

प्रवास विशेष प्रदेश समितिमा चयन हुनेहरूमा मलेसियाबाट दुईजना परेको छ। नेपाली समाज मलेशियाका निवर्तमान अध्यक्ष विरेन्द्र नेगी र अन्तराष्ट्रिय नेपाली समाज मलेशियाको पूर्व संस्थापक/संयोजक र तत्कालीन नयाँ शक्ति पार्टीको संघीय परिषद सदस्य भानुभक्त देवकोटा पनि प्रदेश समितिमा मनोनीत भएका हुन।

त्यस्तै अन्यमा नेपाली संघीय समाज युकेका पूर्व अध्यक्ष कमल गुरुङ, जसपा आबद्ध लिम्बुवान समाज युकेका पूर्व अध्यक्ष लोकेन्द्र तबेबुङ, नेपाली संघीय समाजकी पूर्व उपाध्यक्ष श्रीमति छेत्राकला राई, युकेबाट पूर्व नयाँशक्ति संघीय परिषद सदस्य सकुन्तला गुरुङ र कुवेतबाट जय नारायण थारुलाई प्रवास विशेष प्रदेश समितिमा चयन,मनोनीत गरेको प्रवास विशेष प्रदेश समितिका केन्द्रिय अध्यक्ष धन गुरुङले बताउनुभएको छ।

प्रदेश समितिको प्रत्येक महिनाको अन्तिम आइताबार नियमित रुपमा भर्चुवल बैठक हुने गरेको छ । प्रवास समितिको इन्चार्जमा आङकाजी शेर्पा हुनुहुन्छ भने अध्यक्षमा धन गुरुङ रहनु भएको छ।

जसपाको विभिन्न अन्तर्राष्ट्रिय देशहरुमा रहेको नेपाली समाजको विदेश संगठनहरुबाट सिफारिस भैई अहिले प्रवास विशेष प्रदेश समितिमा ६६ जना पुगेको जनाइएको छ।