प्रदेश नं.२ प्रमुखद्वारा महावीर पुनको राष्ट्रिय अनुसन्धान केन्द्रलाई आर्थिक सहयोग।

जनकपुर := प्रदेश नं. २ प्रदेश प्रमुख डा.राजेश अहिराजले पदभार ग्रहण गरेपछि पहिलो महिनाको पारिश्रमिकको आधा रकम रुपैयाँ महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेका छन् । बुधबार डा. अहिराजले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा पुगी आधा महिनाको तलब बराबरको रुपैयाँ सहयोग गरेका हुन् ।

प्रदेश प्रमुख डा. अहिराजले राष्ट्रिय आविष्कार केन्द्रको भ्रमण गर्नुका साथै छलफल समेत गर्नुभएको छ। उहाँले महावीर पुनलाई प्रदेश नम्बर. २ मा पनि आविष्कार केन्द्रको स्थापनाका लागि प्रस्तावसमेत गरेको स्रोतले बताएको छ।

नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायको पहलमा प्रदेश प्रमुख डा. अहिराजले सो सहयोग गर्नुभएको हो । आविष्कार केन्द्रका सञ्चालक पुनले प्रदेश २ मा पनि राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्न इच्छुक रहेको बताउँदै त्यसका लागि जग्गा र बजेटको आवश्यक रहेको बताउनुभयो ।

पूर्वसचिव उपाध्यायका अनुसार प्रदेश प्रमुख डा. अहिराजले प्रदेश २ मा आविष्कार केन्द्र स्थापना गर्न सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको थियो । जग्गा उपलब्ध गराउनेदेखि सरकारसँग बजेटका लागि पनि पहल गर्ने आश्वासन दिनुभएको थियो ।