कुवेत := वैदेशिक रोजगारीको निम्ति करिब २ बर्षदेखि कुवेतमा कार्यरत नेपाल ठेगाना कालिकोट निवासी नेपाली श्रमिक सर्पराज कार्कीले घाटीमा पासो लगाएर झुन्डिएर आत्महत्या गरेका छ्न।
राहदानी नं- ०८५२८६६८ रहेका का २८ बर्षिय सर्पराज कार्कीले यहीँ मिति सन् २०२१/०३/ मार्च ३० तारिख मंगलबारको दिन कम्पनीलेनै बस्न दिइएको होस्टेलको कोठामा रहेको शौचालयमा झुन्डिएर आत्महत्या गरेका हुन । नेपाली राजदूताबास कुवेतका द्धितिय सचिव श्रिकृष्ण सिलवालले बताउनुभएको छ।
द्धितिय सचिव सिलवालले बताए अनुसार दूतावासलाई कार्किको मृत्युको बारेमा प्रारम्भिक जानकारी आएको र मृतक कार्कीको रोजगारदाता काम्पनी र परिवार संग समन्वय गर्दै कानुनी प्रकृयामा दुताबास लागी सकेको छ। चाडैंनै आवश्यक कानुनी कागजात पूरा गरि मृतकको शवलाई नेपाल पठाईने बताउनुभयो।
कार्कीले आत्महत्या गर्नुको कारण बारे भने खुल्न बाकी रहेको छ।




















